बुटवल -नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको आयोजना तथा इडन इङ्गलिस बोर्डिङ्ग स्कुल बुटवल-११,नहरपुरको आतिथ्यतामा निबन्ध लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न भएकाे छ ।
रेडक्रस उपशाखा स्तरीय निबन्ध लेखन तथा वाचन प्रतियोगिता ने.यु.रे.स. इडन इङ्गलिस इ.बो. स्कुलका अध्यक्ष अस्मिता भुसालको अध्यक्षता,मणिमुकुन्द उपशाखा सभापति सुहा बहादुर नेपालीको प्रमुख आतिथ्यता तथा विद्यालयका प्राचार्य तथा ने.यु.रे.स. इडन इ.बो.स्कुलका संरक्षक शिवहरी भट्टराईको विशिष्ट आतिथ्यता रहेकाे थियाे । प्रतियाेगितामा सिनियर तर्फ ८ र जुनियर तर्फ ५ विद्यालयकाे सहभागिता रहेकाे थियाे ।
प्रतियाेगितामा इडन इङ्गलिस बोर्डिङ्ग स्कुलकी रितिका खनालले प्रथम स्थान हासिल गरेकी छन्। त्यसैगरी बुटवल ग्लोरी बोर्डिङ्ग स्कुलका स्मरण पौडेल द्वितीय र ज्ञानपुञ्ज इङ्गलिस बोर्डिङ्ग स्कुलकी मनिषा ढुंगाना र उजुरसिंह मा.वि.की मेलिना थापा मगर तृतीय भएका छन् ।
जुनियर तर्फ गणेश ज्ञानज्योति पब्लिक स्कुलकी अनुष्का बेलबासे प्रथम, इडन इङ्गलिस बोर्डिङ्ग स्कुलकी विरता महत द्वितीय र बुटवल ग्लोरी बोर्डिङ्ग स्कुलकी शोभा कंडेलले तृतीय स्थान हासिल गरेका छ्न।
कार्यक्रममा धन्यवाद ज्ञपन गर्दै विद्यालयका प्राचार्य तथा ने.यु.रे.स. इडन इ.बो.स्कुलका संरक्षक शिवहरी भट्टराईले यस्ता खाले प्रतियाेगाले विद्यार्थीहरुमा रचनात्मक क्षमता वृद्धिमा टेवा पुराउने बताउनुभयो । बिजेता विद्यार्थीहरु लाइ प्रमाण पत्र तथा मेडलले पुरस्कृत गरिएकाे थियाे । कार्यक्रममाकाे स्वागत विद्यालयका सहायक प्राचार्य जगत पाैडेलले गर्नु भएकाे थियाे भने कार्यक्रम ने. यु.रे. स. इडन इ.बो. का शिक्षक नायक कुशल बस्यालकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
प्रकाशित मिति : शुक्रबार, मंसिर २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्