तिलोत्तमा
तिलोत्तमा नगरपालिकामा निमार्ण गरिएको साईकल लेनको समुद्घाटन गरिएको छ । तिलोत्तमा नगरपालिकाले योगीकुटीदेखी भलबारीसम्म सर्भिस लेनमा रेखाकन गरेको साईकल लेनको नगरप्रमुख रामकृष्ण खाणले साईकल चलाएर समुद्घाटन गरेका छन ।
नगरबासीलाई साईकल चलाउने संस्कार बसाउने अभियानका साथ योगीकुटी र भलबारीसम्मको दोहोरो २० किलोमिटरको साईकल लेन तयार भएको हो । नगरभित्र सर्भिस लेनमा पार्किङ नहुदा धेरै कठिनाइ रहेको भन्दै यसको समाधानमा समेत लाग्ने उनले बताए ।
‘ठुलो सवारीसाधन न्युनिकरण गर्दै दैनिक जिवनमा साईकलको प्रयोग बढाउन सके यसले सडकमा चाप कम हुने र दुर्घटना न्युनिकरणमा समेत मद्यत मिल्ने उनले बताए ।
नगरभित्र जनप्रतिनिधि, सामाजिक अगुवा, विद्यालयमा समेत साईकल चलाउने बानी बढाउने गरि कार्यक्रम ल्याउन लागेको उनले बताए । साईकल मानव स्वस्थ्य र खेलमात्र नभई पर्यटनको समेत महत्वपूर्ण पाटोका रुपमा रहेको उनले बताउदै नगरभित्रका सामुदायिक वनसंग समन्वय गरि साईकल लेन बनाएर पर्यटक घुकाउने गरि योजना बनाएको बताए । ‘यसले यहाको पर्यटन ब्यवसाय प्रवर्द्धन हुने छ ।’– उनले भने ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, नगर खेलकुद विकास समितिका संयोजक लोक पुन, नगर प्रबक्ता सुरेन्द्र श्री, स्थानिय जनप्रतिनिधीहरुले नया सोचसहितको योजनालाई सबैको साथबाट सफल हुने बताए । कार्यक्रममा सहभागीहरुले नवनिर्मित योगिकुटीदेखि भलबारीसम्मको साइकल लेनमा साईकल चलाएका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्