गृहमन्त्री लामिछानेको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी, बैठक पर्सिसम्मका लागि स्थगित

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी, बैठक पर्सिसम्मका लागि स्थगित

 

काठमाण्डाै – नेपाली कांग्रेसका सांसदले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन् ।

आज बिहान प्रतिनिधि सभाको बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदले विरोध जनाए । उनीहरूले अनुसन्धानको घेरामा रहेका लामिछानेलाई गृहमन्त्री नियुक्त गरेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेका छन् । त्यसमा सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाएपछि संसद् चलेको थियो । शून्य समय र विशेष समयमा सांसदले बोले

त्यस्तै कार्यव्यवस्था परामर्श समितिमा हेरफेर र राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयक टेबुल भयो । त्यसपछि गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा प्रवेश गर्दा कांग्रेस सांसदले विरोध जनाए । कांग्रेसको विरोधपछि सभामुखले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभयो ।

त्यसको दुई घण्टापछि शुरु भएको दोस्रो बैठकमा पनि कांग्रेसले नाराबाजी गर्‍याे । दोस्रो बैठकमा विरोधबीच सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो । त्यस लगत्तै कांग्रेस सांसदले रोस्ट्रम घेराउ गरे । उनीहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरे । कांग्रेस सांसदले नाराबाजी नरोकपछि सभामुख घिमिरले प्रतिनिधि सभाको बैठक पर्सि आइतवार बिहान ११ बजेसम्मका लागि स्थगीत गर्नुभएको छ ।

रवि लामिछानेलाई गृहमन्त्रीमा नियुक्ति गरेकाले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन प्रभावित हुने कांग्रेसको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij