डा .शेखर कोइरालाले बुटवलका पेसाकर्मीसँग यसरी गरे सुझाव सङ्कलन

डा .शेखर कोइरालाले बुटवलका पेसाकर्मीसँग यसरी गरे सुझाव सङ्कलन

बुटवल ।

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले समाजमा फरक फरक पेसा आबद्ध भएको व्यक्तिहरूसँग सल्लाह सुझाव लिन सुरु गरेका छन् । नेपाली काँग्रेसले अव लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारका आदिको विषयमा आज बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गरेका हुन्।
उनले बुटवलमा झन्डै २ घण्टा विद्यार्थी, चिकित्सक, इन्जिनियर,अधिवक्ता,उद्योगी व्यापारीसँग सुझाव लिएका छन्।सधैँ भाषण गर्ने कोइरालाले नेपाल चिकित्सक सङ्घले आयोजना गरेको बुद्धिविजीसँग काँग्रेस वरिष्ठ नेता डा ।शेखर कोइरालाको छलफल कार्यक्रममा सबैका सुझावहरू सुन्ने,केही लिखित भए माग्ने गरेर लगेका छन् । उनले यी सुझावलाई पार्टी ,संसद् र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने प्रतिबद्धता जनाएका छन् । नेपाली नेता डा गोविन्द पोखरेल, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनलाई साथ राखेर पेसाकर्मीहरूसँग सुझाव लिन बसेका कोइरालाले पार्टीले लिने नीति,सरकारका काम कारबाही, निर्वाचन प्रतिबद्ध,मूलकको पछिल्लो आर्थिक अवस्थाका विषयमा विद्यार्थी चिकित्सक,इन्जिनियर,अधिवक्ता ,प्राध्यापक,शिक्षक,उद्योगी,व्यापारी सम्मले बुद्धाँगत रूपमा सुझाव लिएका हुन् ।
नेपाल प्राध्यापक सङ्घ पूर्व केन्द्रीय सभापति डा बुद्ध बहादुर थापा, डा कृष्ण खरेल ,प्राध्यापक नुर जङ्ग केसी,अधिवक्ता कृष्ण पोखरले,पूर्व शिक्षक तिलक राम शर्मा, लगायतले नि शुल्क शिक्षा र स्वास्थ्य नीति ल्याउनु पर्ने सुझाव दिएका थिए।इन्जिनियर मिलन थापा, शैलेन्द्र श्रेष्ठले प्राविधिकलाई प्रयोग गर्दे नेपालमा भएका खानीको सदुपयोग गर्ने नीति ल्याउनु पर्ने सुझाव दिएका थिए नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णचन्द्र शर्मा,कार्यक्रममा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याल, सिद्धार्थ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर चन्द्र श्रेष्ठ,उद्योगी गणेशचन्द्र पोखरेल,नवराज श्रेष्ठ चुन्नु प्रसाद पौडेल लगायतले बैक, बिमामा लगानी गर्ने र उद्योगी एउटै हुँदा स्वार्थ बाझिएको बताएका थिए। यस्तै नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष रिता के सी , नेपाली काँग्रेस क्षेत्रीय सदस्य लक्ष्मी श्रेष्ठ , अधिकारकर्मी राधा अधिकारी लगायतले समानुपातिक निर्वाचनमा नेताको नजिक भन्दा क्षमता भएका जानु पर्ने बताए थिए । दुई दिन रुपन्देहीमा नेपाली काँग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन आएका डा कोइरालालाई बुटवलमा नेपाली काँग्रेस प्रदेश सदस्य विष्णु पोखरेलले सुझाव सङ्कलन गर्ने व्यवस्थापन गरेका थिए ।
उनीहरूले खुला अर्थ नीति भए पनि साना उद्योगी र व्यापारी पनि बच्चे गरी भन्सार नीति र करमा ध्यान दिनुपर्ने माग गरेका थिए।नेपाली काँग्रेस पर्यटन,कृषि आदि क्षेत्रको लगानी स्पष्ट नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : बुधबार, चैत्र ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij