चुनाव हारिएला तर अब कसैसंग टासिएर चुनाव लड्दैनौं : गगन

चुनाव हारिएला तर अब कसैसंग टासिएर चुनाव लड्दैनौं : गगन

 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अबको चुनावमा कुनै दलसंग चुनावी सहकार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेस चुनाव हार्न पनि तयार रहेको बताउँदै उहाँले चुनाव हारिएलाकी भनेर चुनाव अगाडि नै कुनैपनि दलसंग चुनावी एकता गर्ने बताउनु भएको हो ।

समुदायमा काँग्रेस अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं. १ रोहिणी गाउँपालिकाको धकधईमा भएको संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले भन्नुभयो–‘हामीबाट विगतमा केही गल्ती पनि भएका छन्, त्यसलाई सुधार गर्ने हो, गल्ती भयो भनेर माफी माग्ने हो, पार्टीलाई सुधार गर्न सकिन्छ, चुनाव हारिएला तर अब कसैसंग टासिंएर चुनाव लड्दैनौं ।’

उहाँले विगतमा कसैसंग मिलेर चुनाव नलडेको भए अहिले देशमा काँग्रेस र कम्युनिष्ट पार्टी मात्रै बाँकी रहने र साना दलको पसल बन्द भईसक्ने बताउँदै त्यसो हुँदा मुलुक पनि सकारात्मक दिशामा अगाडि बढ्ने बताउँदै अव काँग्रेसले त्यो गल्ती नदोहोर्याउने भनाई राख्नुभयो । उहाँले माओवादीतिर लक्षित गर्दै कहिले काँग्रेसलाई देखाएर र कहिले एमालेलाई देखाएर साना दलले बार्गेनिङ गरिरहेको बताउँदै त्यो खेल अब समाप्त भएको बताउनु भयो ।

प्रतिनीधि सभाका सदस्य समेत रहनु भएका काँग्रेस महामन्त्री थापाको हुलाकी मार्ग केन्द्रीत संवाद यात्राको दोस्रो चरणको कार्यक्रम आजैदेखि नवलपरासीबाट सुरु भएको हो । नवलपरासीबाट दिउँसो रुपन्देही आउनु भएका थापाले धकधईमा स्थानीयसंग सुझाव संकलन गर्नुभएको छ भने भैरहवामा सिद्धार्थनगर उद्योग वाणिज्य संघमा उद्योगी व्यवसायीसंग उनीहरुका समस्या लगायतका विषयमा सुझाव लिनु भएको छ । त्यस्तै पार्टीका नेताहरुसंग भैरहवा स्थित पार्टी कार्यालय कार्यक्रम भएको छ ।

महामन्त्री थापाको टोलीमा रहनुभएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री युवराज पाण्डेका अनुसार भोली शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रिया हुनेछ । त्यसपछि दिउँसो कपिलबस्तु जाने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, चैत्र १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij