बुटवलको भुवनेश्वरी भगवती मन्दिरमा महाअसष्टमीकाे विशेष भजन किर्तन , पूजा अारधना र हवन सम्पन्न

बुटवलको भुवनेश्वरी भगवती मन्दिरमा महाअसष्टमीकाे विशेष भजन किर्तन , पूजा अारधना र हवन सम्पन्न

बुटवल

भुवनेश्वरी भगवती मन्दिरमा महाअसष्टमीकाे विशेष भजन किर्तन , पूजा अारधना र हवन सम्पन्न भएकाे छ । राम नवामीकाे अवसरमा घटस्थापनादेखि नै पूजाअारधना , हवन भजन किर्तन भएकाे मन्दिर सेवा समितिले जनाएको छ । बुटवल ४ भुवनेश्वरी पथमा रहेकाे मन्दिरमा मंगलबार महाअष्टमीकाे अवसरमा पुजारी पण्डित लेखनाथ ज्ञवालीले पूजा अारधना र पश्चिम नेपालकी रामनाम प्रमुख वाचक सुश्री ज्ञानु अर्यालकाे नेतृत्वमा भजन किर्तन भएको भुवनेश्वरी भगवती मन्दिर सेवा समितिका कार्यवहाक सचिव रविन्द्रनाथ पंगेनीले बताए । बुधबार राम नवामीकाे दिन विशेष पूजा गरी समापन गरिने मन्दिर सेवा समितिका उपाध्यक्ष अरूणकुमार श्रेष्ठले बताए ।

बुटवल ४ कि स्वर्गीय तुलसी कुमारी प्रधान काभ्रेपलाञ्चोककाे पलाञ्चाेक भगवती मन्दिरमा पूजा गर्न गएकाे समयकाे राति सपनामा पलाञ्चाेक भगवतीले बुटवलमा पनि मूर्ति स्थापना गर्न अनुराेध गरेकाले उनकै पहलमा २०६२ मंसिर १७ गतेबाट श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजजीबाट विधिवत उद्घाटन गरिएकाे मन्दिर सेवा समितिले जनाएको छ ।
बुटवल ४ कि संस्थापक अध्यक्ष स्वर्गीय तुलसी कुमारी प्रधानले नै जग्गा उपलब्ध गराई मन्दिरसमेत निर्माण गरेको मन्दिर सेवा समितिका कार्यवहाक सचिव रविन्द्रनाथ पंगेनीले जानकारी दिए ।
करिब तीन कट्ठा क्षेत्रफलमा फैलिएको साे मन्दिरमा विभिन्न समयमा विवाह , पूजाअाजा , ब्रतवन्धलगायतका शुभ कार्यहरू हुँदै अाइरहेका छन् ।

साे मन्दिरमा साउन महिनाभर भगवान शिवकाे पूजाअारधना साथै जलार्पण कार्यक्रम , विजयादशमी , शिवरात्रीलगायतका चाडपर्वमा विशेष पूजाअारधना हुँदै अाइरहेकाे र
दैनिक साँझ गिता पाठ र भजन किर्तन दैनिकी भैरहने मन्दिर सेवा समितिका सदस्य बाबुराम शर्माले बताए ।

साथै बुटवल ४ मै तुलसीयुक्त धर्मशाला सञ्चालन भएकाे र हाल केही बाहिरी काम मात्रै बाँकी रहेकाे छ । मन्दिरका संस्थापक स्वर्गीय तुलसी कुमारी प्रधानका छाेराहरूबाट धर्मशालाकाे लागि जग्गा र एक कराेड दश लाख रकम प्राप्त भएकाे समितिकाे भनाइ छ । साथै सैँतिस लाख संकलन गरी धर्मशाला निर्माण गरिएको धर्मशाला निर्माण समिति संयाेजक रविन्द्रनाथ पंगेनीले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, बैशाख ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij