बुटवल,
बझाङ १ (१) को उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहलाई २६७ मतले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १३ मत पाएर निर्वाचित हुंदा सिंहले ११ हजार ३ सय ४६ मत पाएर पराजित भए । उक्त क्षेत्रमा यसअघि सिंहका बुबाले नेपाली कांग्रेसबाटै जित हासिल गरेका थिए । यस्तै माओवादीका जनकबहादुर बुढाले ३ हजार ९ सय ६७ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५ सय १३ मत पाएका छन् । उक्त क्षेत्रमा राप्रपाले ५ सय मत पनि पाउन सकेन । निर्वाचन आयोगले औपचारिकरुपमा नतिजा घोषणा गर्न बांकी छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्