शान्ति समाज रुपन्देहीद्वारा अन्तरसम्वाद कार्यक्रम

शान्ति समाज रुपन्देहीद्वारा अन्तरसम्वाद कार्यक्रम

बुटवल ।

प्रेस स्वतन्त्रता बिना लोकतन्त्र बलियो बन्न नसक्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले जोाड दिएका छन् । उनीहरूले प्रेस स्वतन्त्रताका लागि राज्यले प्रेसमैत्री कानून निर्माण गर्नुपर्नेमा बताए । मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखाले ३१ ओैं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार बुटवलमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले आम नागरिकका हक अधिकारको महत्वपूर्ण विषय सूचना र समाचार जानकारीका लागि लागि प्रेस स्वतन्त्रता जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सदस्य डिपी खनालले पत्रकारलाई सत्यतथ्यमा रहेर सुरक्षित काम गर्ने वातावरण तयार गर्नुपर्ने बताए । खनालले शुक्रबार देशैभर विभिन्न कार्यक्रम गरेर समाजले प्रेस स्वतन्त्रता दिवस मनाएको बताए ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकालले समाजले प्रेस स्वतन्त्रता दिवसका अवसरमा कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गरे । उनले पत्रकारलाई कुनै पनि बहानामा दवाव दिन नहुने र सुरक्षाको अनुभूति हुनेगरी सूचना तथा समाचार सम्प्रेषण गर्न राज्यले सहज वातावरण बनाउनुपर्ने बताए । नेपाल प्रेस युनियन रूपन्देहीका अध्यक्ष कविन्द्र नेपालले प्रेस स्वतन्त्रता पत्रकारको मात्रै विषय नभएर आम सम्पूर्ण नागरिकलाई राज्यका हरेक सूचनाहरु जानकारी हुनुपर्ने बताए । समाजका रूपन्देही उपसभापति कपिल ज्ञवालीले स्वतन्त्र प्रेस बिना समाज सही दिशामा अघि बढ्न नसक्ने र लोकतन्त्र बलियो नहुनेमा जोड दिए । कार्यक्रममा समाजका युवा संयोजक महेश शर्मा पौडेलले पत्रकारहरूले सही सूचना दिनुपर्ने धारणा राखे । कार्यक्रममा समाजका पदाधिकारी, पत्रकार सम्वद्ध संघ संगठन, सामाजिक संघसंस्थाका अभियान्ताहरूको सहभागीता रहेको थियो ।

समाजका रूपन्देही शाखा उपसभापति ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चबलन शाखा सचिव कृष्ण पाण्डेले गरेका थिए ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij