बुटवल -बुटवल सुनचाँदी व्यवसायी महिला समुहद्वारा सामाजिक अभियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ ।कार्यक्रम सस्थाको अध्यक्ष किरण बिश्वकर्माले अध्यक्षता तथा रुपन्देही सुनचादी व्यवसायी संघका अध्यक्ष रामकिसन बिश्वकर्माको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माले रगत अभावमा छटपटिएका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम सबैभन्दा पुण्य काम भएको भन्दै यो महत्वपूर्ण कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
यस्तै बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोकुल बिश्वकर्माले रगतको अभाव बिरामिहरुलाइ नहोस भन्ने पबित्र उदेश्य बोकेर रक्तदान कार्यक्रमको आयोजना गरेकोमा सस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
समूहका अध्यक्ष किरन बिश्वकर्माले कार्यक्रम सफल पार्न प्रेरणा र सहयोग गर्नु हुने सबै लाई धन्यवाद ज्ञापन गर्दै आउने दिनमा अझै यस्तै सामाजिक कार्य गर्न उत्साह प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा महिला सुनचाँदी व्यवसायी संघ उपसमितीका अध्यक्ष बिमला गहतराज ,नियमित रक्तदान संघ अध्यक्ष दया बहादुर सिलबाल, सस्थापक अध्यक्ष कमला बिश्वकर्मा लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सस्थाका उपाध्यक्ष सरु सुनारको स्वागत एवम कार्यक्रमका सम्योजक तथा सस्थाका सचिव कोपिला रसायलीलेको संचालनमा सम्पन्न सम्पन्न भएको हो ।
कार्यक्रममा नियमित रक्तदाता संघका केन्द्रिय सदस्य गंगा विश्वकर्मा को उपस्थिती रहेको थियो ।
प्रकाशित मिति : सोमबार, बैशाख २४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्