यस वर्षको मनसुन नेपाल भित्रियो

यस वर्षको मनसुन नेपाल भित्रियो

काठमाण्डाै – यस वर्षको मनसुन सरदर मितिभन्दा तीन अगाडि नै नेपाल भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि तीन दिन अगाडि अर्थात् आज जुन १० तारिखमै भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशबाट नेपाल भित्रिएको मनसुन क्रमिक रूपमा केही दिनभित्र देशभर फैलने महाशाखाले जनाएको छ । अघिल्ला वर्षहरूको अनुभवअनुसार पूर्वबाट देशमा मनसुन भित्रिएपछि पश्चिमसम्म पुग्न एक हप्ता समय लाग्छ ।

यस वर्षको मनसुनमा नेपालमा औसतभन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विभागकाअनुसार यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भू–भागमा सरदर वर्षा हुने छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij