काठमाडौं
प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा न्याैपाने सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।
बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापति पदका लागि न्याैपानेकाे मात्र उम्मेदवारी परेको भन्दै उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे । नवनिर्वाचित न्यौपानेले आज साँझ सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ३१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्