लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासकाे मत प्राप्त

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासकाे मत प्राप्त

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले आज प्रदेश सभामा पेश गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका छन् । मुख्यमन्त्री आचार्यको विपक्षमा माओवादीका नाै, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक गरी ११ जना सांसदले मतदान गरे । प्रदेश सभामा चार जना सांसद रहेको राप्रपा भने मतदानमा तटस्थ रह्यो ।

अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये सात वटा दलका सांसद र स्वतन्त्र सांसद खड्ग बस्नेतले आचार्यको पक्षमा मत दिएका छन् । अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित आचार्य गएको साउन ७ गते कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, भाद्र ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij