दाउन्नेमा सडक भांसिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

दाउन्नेमा सडक भांसिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध

बुटवल,

नवलपरासीको दाउन्नेमा सडक भांसिएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका – ४ दाउन्ने जंगल स्थित खुर्सानीखोलामा सडक भासिएपछि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहोराले जानकारी दिए ।

 

सडकको माथिल्लो भागमा रहेको पर्खाल भत्किएपछि विद्युत हाइटेन्सन लाइन सडकमा ढलेको थियो । उक्त पोल हटाउने प्रयास गर्दागर्दै सडक भासिएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

 

सोमबार साँझ ५ बजेपछि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेपनि तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ । सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत प्राधिकरणसंग समन्वय भइरहेको डीएसपी बोहराले बताए ।

 

सडक अवरुद्ध भएपछि नारायणगढबाट आउँदै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट जाँदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।

प्रकाशित मिति : सोमबार, असोज १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij