भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, १२ जना बालबालिकाको उद्धार

भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, १२ जना बालबालिकाको उद्धार

भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन विताइरहेका बालबालिकालाई उद्धार गरेर नेपाल ल्याइएको छ । भारतमा रहेर नेपाल-भारतमा मानव बेचविखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इण्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो ।

शुक्रबार रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल ल्याइएका बालबालिकालाई जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाइएको छ । आफन्त फेला नपरेका र घरमा सुरक्षित नरहेका बालबालिकालाई भने मानव वेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाहरुले सहारा दिने किन इण्डियाका नेपाल प्रमुख इन्द्रराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार उद्धार गरिएकाहरुमा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । किन इण्डियाले भैरहवास्थित विभिन्न संस्थाहरुको सहकार्यमा जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाएको हो।

विगतदेखि पारिवारिक, गरिबी र रोजगारीका लोभले बालबालिका उमेर नपुग्दै भागेर, आफन्त वा दलालको पंजामा परेर भारत जाने र त्यहाँ बेचविखनमा पर्ने गरेको उनले जानकारी दिए ।

उद्धार गरिएका बालिबालिकामा उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १-१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार गरिएको हो ।

उद्धार गरिएका बालबालिकालाई नेपाल ल्याउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, नेपाली दूतावास दिल्ली, सिद्धार्थनगर नगरपालिका, भारतका विभिन्न संघसंस्था, जिल्ला प्रशासन, प्रहरी, सशस्त्र लगायतले सहयोग गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मानवीय कार्यमा किन इण्डियाले गरेको योगदान महत्वपूणर् रहेको जानकारी दिए ।  प्रजिअ अर्यालले आफन्त, दलाल र प्रलोभनले नेपाली बालबालिकाहरु बेचविखनमा पर्ने गरेको भन्दै यसलाई रोक्न सबै क्षेत्रले उत्तिकै काम गर्नुपर्ने बताए । सुरक्षाकर्मीले रातदिन खटेर काम गर्दा समेत दाललले विभिन्न भित्री नाकाको प्रयोग गरेर बालबालिकालाई भारत पुर्‍याएर बेचविखन गर्ने गरेको भन्दै उनले सबै मिलेर यसलाई रोक्न लागिपर्नुपर्ने बताए ।

प्रकाशित मिति : शनिबार, कार्तिक ३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij