विचाराधीन विधेयक पेश गर्न सभामुख देवराज घिमिरेको निर्देशन

विचाराधीन विधेयक पेश गर्न सभामुख देवराज घिमिरेको निर्देशन

काठमाण्डौ ,
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिनुभएको छ । सिहंदरबारमा रहेको सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उहाँले निर्देशन दिनुभएको हो ।

बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् रु त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाउनुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले जानकारी दिनुभयो । बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिनुभएको थियो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति खानले समितिका सभापतिहरु अधिकांश सांसद गृह जिल्ला गएकाले बैठक बस्न कोरमसमेत नपुगेको कुरा सभामुखसँग राख्नुभएको थियो । सभामुख घिमिरेले विधेयक रहेका समितिका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij