बुटवल,
बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ । लु २ ख ६३२२ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खस्दा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा गौमुखि पाँचका सरोज केशि आठ बर्षको , ३२ वर्षीया सुनिता केसि ,४२ वर्षीया खिमा मल्ल , ३७ वर्षीय सन्तलाल गरुङ , ५५ वर्षीय रेमलाल थापा , ५० वर्षीय मोति पुन, झिमरुक ८ कि ३२ वर्षीया साबित्रा बस्नेत , झिमरुक ५ का ६०वर्षीय कुम्भ जिजि, धनकुमारी जिसि , मदानेका ३८ वर्षीय सालिकराम कुवर , ५७ वर्षीया धनकुमारी घाइते भएका छन् ।घाइते मध्य ३ जनाको परिचय नखलेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्