रवि र छविविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी

रवि र छविविरुद्ध काठमाडौँमा पक्राउ पुर्जी जारी

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

 

 

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछाने र जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन्।

अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए। अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछाने र जोशीलाई काठमाडौँमा झिकाएर अनुसन्धान गर्नेछ।

सहकारी ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने र जोशीलाई काठमाडौँ ल्याइने भएको हो।

यसअघि लामिछानेलाई कास्कीबाट रूपन्देही झिकाएर बयान लिइएको थियो। सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए।

 

प्रकाशित मिति : आइतबार, मंसिर २ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij