बुटवल,
लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्यसमिति, रुपन्देहीको २०८१ माघ २६ गते हुने १८ औं साधारण सभाको तयारी तीव्र रुपमा भइरहेको छ । साधारण सभालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न तयारी तीव्र रुपमा अघि बढेको संघकी अध्यक्ष मन्जु भुषालले बताइन् । सोही सन्दर्भमा संघले शनिबार भैरहवामा कार्यसमिति भेटघाट तथा छलफल कार्यक्रम गरेको छ । सो अवसरमा अध्यक्ष भुषालले संघको पुस २० गते सम्पन्न १२ औं नियमित बैठकले साधारण सभाका लागि विभिन्न उपसमिति गठन गरी जिम्मेवारी तोकिसकेको बताइन् । ‘साधारण सभा भव्य र सभ्य रुपमा सफल पार्न लागिपरेका छौं,’उनले भनिन्, ‘तयारी तीव्र रुपमा अघि बढेको छ ।’
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारण सभा यही माघ २६ गते शनिबार बिहान ९ बजेदेखि भैरहवास्थित संघको सभाहलमा सुरु हुने महासचिव प्रितम रौनियारले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, माघ ५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्