भैरहवा, पत्रकार मनोरन्जन शर्मा पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भैरहवा भन्सार कार्यालय रुपन्देहीको आयोजना र लुम्बिनी प्रेस क्लबको सहकार्यमा आइतबार बेलहियामा आयोजित कार्यक्रममा पत्रकार शर्मालाई पुरस्कृत गरिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी लगायतले पत्रकार शर्मालाई नगदसहित सम्मान(पत्र, खादा र मालाले सम्मान गरेका हुन् ।
भैरहवा भन्सार कार्यालयबाट सम्पादन भएका कार्यहरु सकारात्मक रुपमा सम्प्रेषण गरी कार्याल्यका गतिविधि प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै शर्मालाई पुरस्कृत गरिएको हो । विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील शर्मा न्यूज ओके र कारोबार दैनिकमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार समेत हुन् ।
प्रकाशित मिति : सोमबार, माघ १४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्