पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

पाँच दिवसीय कार्यक्रम सहित मगर दिवस मनाइने

तिलोत्तमा,

नेपाल मगर संघ बुटवल उपमहानगर समितिले ४३ औं मगर दिवस (फागुन १५) पाँच दिवसीय रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आइतबार बुटवलमा पत्रकारहरुसंगको भेट्घाटमा संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरे मगरले सो कुराको जानकारी दिनुभएको हो । मगर दिवसलाई यसपटक पनि जागरण र अधिकार प्राप्तिको लडाईकै रुपमा मनाउने भएपनि त्यसमा थप केहि रचनात्मक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष बसन्ती साठिघरेले जानकारी दिनुभएको छ ।

पाँच दिवसीय कार्यक्रम अनुसार पत्रकारहरुसंग भेट्घाट, समसामयिक विषयमा अन्तरक्रिया, अस्पतालमा फलफूल वितरण, बाजेबजै थानमा सरसफाई र फागुन १५ गते बुटवलमा मूल समारोह गरेर मगर दिवसको समापन गरिने छ ।

सो अवसरमा बोल्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे मगरले मगर दिवसको अवसरमा रुपन्देहीका स्थानीय तहहरुसंग सार्वजनिक विदाको लागि माग गर्नुभएको छ । रुपन्देहीमा करिब दुई लाख मगरहरुको बसोबास रहेको उल्लेख गर्दै उहाँले मगर दिवसमा सार्वजनिक बिदा दिनको लागि स्थानीय तहहरुले कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभएको छ । स्थानीय तहहरुले मगर दिवसको दिन सार्वजनिक विदालाई आफ्नो क्यालेण्डरमा समावेश गर्नका लागि पनि जिल्ला अध्यक्ष बारघरेले आग्रह गर्नुभएको छ । संघको यो आग्रह अहिले शालीन ढङ्गमा गरिएको र यसलाई सुनुवाई नगरी अटेर गरेमा आगामी वर्ष ‘रुपन्देही बन्द’ सम्मको कार्यक्रम आयोजना गरिने चेतावनी दिनुभएको छ । यसबाहेक मगर समुदायको भाषालाई लुम्विनी प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने, नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका मागहरु राज्यले तत्काल पुरा गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

सो अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समिति उपाध्यक्ष लुम बहादुर सारुमगर, सचिव हेमन्त बुढाथोकी मगर लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, फाल्गुन ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij