रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडक खण्ड अवरुद्ध

रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडक खण्ड अवरुद्ध

काठमाण्डौ , रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडक खण्ड अवरुद्ध भएको छ ।

रुकुम पूर्व र बाग्लुङको सीमा क्षेत्रअन्तर्गत पर्ने सडक खण्डमा बाक्लो हिउँ जमेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार सडकमा हिउँ परेसँगै गाडी ओहोरदोहोर गर्न सकेका छैनन् ।

यस्तै पहिरो खसेर महाकाली लोकमार्ग अवरुद्ध भएको छ । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा तराईबाट छुटेका तथा जिल्लाबाट बाहिरिने गाडी बाटोमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिनुभयो । सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij