विन्ध्यवासिनी त्रिदेवी मन्दिरमा सञ्चालित महायज्ञको शुरूआत मै भक्तजनको आकर्षण

विन्ध्यवासिनी त्रिदेवी मन्दिरमा सञ्चालित महायज्ञको शुरूआत मै भक्तजनको आकर्षण

तिलोत्तमा,  तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीस्थित विन्ध्यवासिनी त्रिदेवी मन्दिरमा हिजो (बिहीबार) देखि सञ्चालित महायज्ञको शुरूआत मै भक्तजनको आकर्षण बढेको छ ।

सयौंको संख्यामा भक्तजनको उपस्थिति रहेको थियो भने लाखौं रूपियाँको .दान समेत संकलन भैसकेको आयोजक मूल समितिका सह सचिव रेशम पाण्डेले जानकारी दिनुभयो ।

श्रीमद् देवी भागवत महापुराण एवम् तण्डुलाचल ज्ञान महायज्ञको दोस्रो दिन आज (शुक्रबार) प्रमुख वाचक आचार्य चैतन्यकृष्ण प्रभूले यसलोकको आत्मसन्तुष्टि र परलोकको देवधाम प्राप्तितर्फ भक्तजनलाई प्रेरित गर्नुभएको थियो ।

महायज्ञका क्रममा हरेक दिन विहान ५ बजेदेखि योग तथा ध्यान, दिनको ११ बजेदेखि कथा प्रवचन सञ्चालन हुने गरेको छ । त्यसैगरी, साँझमा श्रृंगारिक महाआरती समेत सञ्चालन हुने गरिएको मूल समितिका सविच कृष्ण तिवारीले बताउनुभयो । महायज्ञका क्रममा चौरासी पूजा, लक्ष्यवर्ती प्रज्ज्वलन समेतका लागि लामो सूची बनिसकेको आयोजकले बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij