बुटवल , नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरकारले निलम्बन गर्न लागिरहेको बिरोधमा बुटवलमा बिरोध प्रदर्शन गरिएको छ । सरकारका बिरोधमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको तामनगरमा हिजो ३० मिनेट चक्काजाम गरेर स्थानीयले बिरोध जनाएका छन् ।
तामनगर ब्याडमिन्टन क्लब, तामनगर व्यापार समिति र इभोलुसन क्लब अफ बुटवल एवं विभिन्न टोल विकास समितिहरू र संघसंस्थाका प्रतिनिधि र स्थानीयहरुले संयुक्त रुपमा बिरोध जनाउदै सरकारका विरुद्धमा नाराजुलुस गर्दै सडक अवरुद्ध गराएका हुन् ।
दैनिक १८ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवही कमाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन्। २०८० भदौ २९ गते ४ वर्षका लागि नियुक्त भएका घिसिङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको षड्यन्त्रको विरोध गर्दै जनस्तरबाट पहिलो पटक बुटवलमा चक्काजाम गरिएको हो।
लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा सम्पूर्ण नेपालीहरू एकजुट भई अगाडि बढ्न र उज्यालो अभियानका प्रणेताका रुपमा स्थापित कुलमान घिसिङ्गलाई साथ दिन र्इभुलोसन क्लबका अध्यक्ष राम बहादुर पुनले अनुरोध गर्नुभयो।
यस्तै क्लबका सदस्य टिकाराम भट्टराई र विभिन्न संघसंस्थाका पदाधिकारी, तामनगर व्यापार सङ्घका पदाधिकारीलगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारीले कुलमान घिसिङ्गलाई हटाए शासक दलहरुको हैसियत पनि जिरो बनाइदिने समेत चेतावनी दिनु भएको थियो ।
यम प्रसाद गलामीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन इभोलुसन क्लबका सचिव हेमन बलालले गर्नुभएको थियो।
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्