प्राध्यापक तथा अर्थशास्त्री नुरजङ केसीको निधन

प्राध्यापक तथा अर्थशास्त्री नुरजङ केसीको निधन

बुटवल, ६ चैत । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अर्थशास्त्री नुरजङ केसीको निधन भएको छ । बुटवल बहुमुखी क्याम्पसको अर्थशास्त्र विभागका प्रमुखसमेत रहेका प्राध्यापक केसी केही समयदेखि निमोनियाको बिरामी थिए । उनको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बुधबार बेलुका निधन भएको हो ।

२०५३ सालदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गराउन थालेका केसीले २०७६ सालमा प्राध्यापकको उपाधि प्राप्त गरेका थिए । उनी बुटवल बहुमुखी क्याम्पसको प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व अध्यक्ष हुन् । विक्रम सम्वत २०२६ सालमा जन्मेका केसीको श्रीमती दुई छोरा र दुई छोरी रहेका छन् ।

५५ वर्षको उमेरमै प्राध्यापक केसीको निधनले नेपालको शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रमा ठूलो क्षति पुगेको प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव डा। विष्णु पोखरेलको भनाइ छ। उनका सहकर्मीहरु तथा अनुवाईहरुले केसीलाई वस्तुनिष्ठ, यथार्थवादी र खरो बौद्धिक अगुवाको रुपमा स्मरण गरेका छन् ।

प्रकाशित मिति : बिहिबार, चैत्र ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij