काठमाण्डौ – पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोले देशका धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।
आज दिउँसो सबै प्रदेशको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी क्षेत्रमा भने हल्का हिमपातको सम्भावना छ ।
आज दिउँसो धनगढी र भैरहवामा सबैभन्दा धेरै तापक्रम ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । सबैभन्दा कम तापक्रम आज राति जुम्लामा १ डिग्रीसम्म झर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्