रुपन्देहीका उद्योगी व्यवसायी भन्छन्– सिमा नियमन अनुगमनमा कडाई होस्

रुपन्देहीका उद्योगी व्यवसायी भन्छन्– सिमा नियमन अनुगमनमा कडाई होस्

रुपन्देहीका उद्योगी व्यवसायीहरुले संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिलाई खुला सिमाका कारण नेपाली सिमावर्ती बजार प्रभावित भएको बताउँदै सिमा नियमन अनुगमनमा कडाई गर्नुपर्ने सुझाव दिएका छन् ।
समिति अन्तरगत पर्ने उद्योग, वाणिज्य, श्रम तथा मुल्य बृद्धिको अवस्थाको अध्ययनका लागि आएको संसदीय समितिले बिहिबार बुटवल उद्योग वाणिज्य संघमा गरेको अन्तरक्रिया छलफलमा यस क्षेत्रका उद्योगी व्यवसायीहरु आन्तरिक उत्पादन तथा नेपाली उद्योगबाट आत्मनिर्भर भएका माल बस्तुको आयातलाई निरुत्साहित गर्नुपर्ने समेत बताएका हुन् ।
उद्योगी व्यवसायीहरुले सुशासन र पारदर्शीतालाई जोड दिँदै निजी क्षेत्रको आग्रहमा कानुन संशोधनका कुराले आशा जगाएको र यो आशा भरोसालाई कायम राख्नको लागि कानुनको कार्यान्वयनमा जोड दिईएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।
त्यस अवसरमा उक्त संसदीय समितिका सभापति अब्दुल खानले पछिल्लो समय सिमेण्ट तथा डण्डीमा अस्वभाविक रुपमा मुल्य बृद्धि भएकोमा धेरैको चासो रहेको बताउँदै समितिले त्यसबारे अध्यन गरेर सरकारलाई यथार्थ जानकारी गराउने बताउनु भयो । उहाँलले कानुन निर्माण तथा सुधारको प्रमुख कार्यभार संसदीय समितिको भएको बताउँदै नीतिगत सुधारका लागि संसदीय समितिलाई यथार्थपरक रुपमा जानकारी गराउन पनि आग्रह गर्नुभयो ।
समितिका सभापति अब्दुल खानको नेतृत्वमा समितिका सदस्यहरु कान्तिका सेजुवाल, गणेश पराजुली, रमा कोईराला पौड्याल, रुक्मणी राना बराईली, रेखा यादव, हेमराज राई सहितको टोलीले लुम्बिनी प्रदेश सभाका सदस्यहरुसंग अन्तरक्रिया गर्नुका साथै यस क्षेत्रमा रहेका भैरहवा भन्सार, महेशपुर भन्सार, विशेष आर्थिक क्षेत्र (सेज), बन्द रहेको बुटवल धागो खारखाना, होङ्सी सिमेन्ट कारखाना, धौवादी फलाम कम्पनी लगायतको स्थलगत अवलोकन गर्नुका साथै उद्योगी व्यवसायीहरुसंग अन्तरक्रिया छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij