इडनले गर्यो विश्व रेडक्रस दिवसको अवसरमा आर्थिक सहयोग

इडनले गर्यो विश्व रेडक्रस दिवसको अवसरमा आर्थिक सहयोग

बुटवल-आज मे ८ अर्थात् विश्व रेड क्रस दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रसका संस्थापक जा हेनरी ड्युनाको जन्मदिनको दिन यो दिवस मनाउने गरिन्छ । “मानवताको पक्षमा” भन्ने मूल नाराका साथ विश्व रेडक्रस दिवस मनाइएको हो। यही दिवसको अवसर पारेर बुटवल ११ नहरपुरमा रहेको इडन बोर्डिङ इङ्लिस स्कुलले बुटवलको देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा आर्थिक सहयोग गरेको छ। आर्थिक सहयोग आश्रमलाई प्रदान गर्दै विद्यालयका प्रचार्य तथा युवा रेडक्रस सर्कलका संरक्षक शिवहरी भट्टराईले विद्यालयले थोरै मात्रामा भएपनि आश्रमलाई सहयोग गरेको बताउनुभयो। उहाँले विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत केही मात्रामा भएपनि आर्थिक सहयोग गरेको उल्लेख गर्नुभयो। विद्यालयले गर्ने यस्ता खालका सहयोगले विद्यार्थीहरूको पनि सहयोगी भावना विकसित हुने भएकाले विद्यालयले सामाजिक कार्यमा जहिले पनि चासो दिने गरेको उहाँको भनाइ थियो। उपप्राचार्य तथा युवा रेडक्रस सर्कल शिक्षक नायक कुशल बस्याल र युवा रेडक्रस सर्कल इडन इङ्लिस बोर्डिङ स्कुलका पदाधिकारीहरूको उपस्थितिमा विद्यालयले ५१ सय रुपैयाँ आश्रमलाई हस्तान्तरण गरिएको हो ‌ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij