एजेन्सी । भारत र पाकिस्तानले युद्धविरामको घोषणा गरेपछि भारत प्रशासित कश्मीरका बासिन्दाहरूले राहत महसुस गरेका छन् । आणविक हतियार सम्पन्न छिमेकी भारत र पाकिस्तानले चार दिनसम्म सैन्य हमलापछि शनिबार युद्धविरामको घोषणा गरेका थिए
शान्तिले दुवै देशका मानिसहरूलाई राहत दिएको छ । विशेष गरी नियन्त्रण रेखा (एलओसी) नजिकै बस्नेहरूले सहज महसुस गरेका छन् । दुई हप्ताभन्दा बढी समयदेखि तनावमा विताएका स्थानीयहरू आफ्नो नियमित जीवनमा फर्किरहेका छन्। भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरका बजार र पसलहरू थप तनाव बढ्ने डर घटेपछि खुल्न थालेका छन् ।
‘यहाँ कश्मीरमा, वातावरण तनावपूर्ण छ, र व्यापार ठप्प भएको छ। त्यसैले अब आशा छ कि अवस्था राम्रो हुनेछ,’ एक बासिन्दा आसिफ शफिकले भने। बुधबार नयाँ दिल्लीले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर भित्र घातक हवाई हमला गरेपछि दुई देशहरू बीच लडाईं सुरु भएको थियो । श्रीनगरबाट लगभग ८९ किलोमिटर पूर्वमा रहेको पहलगाममा गत महिना बन्दुकधारीहरूले २६ जनाको हत्या गरेको बदला लिन हवाई हमला गरिएको थियो
भारतले पाकिस्तानलाई बन्दुकधारीहरूलाई सहयोग गरेको आरोप लगाएको तर उक्त आरोप पाकिस्तानले अस्वीकार गर्दै आइरहेको छ ।(सीसीटीभीप्लस)
प्रकाशित मिति : सोमबार, बैशाख २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्