नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर , नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढ तर्फ जाँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रो बस एकआपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी माइक्रो बसका चालक रुपन्देहीको देवदह नगरपालिका–२ का ४२ वर्षीय बिनोद सिंह ठाकुर, माइक्रोका सहचालक २९ बर्षीय गोपाल मगर, चितवन भरतपुर महानगरपालिका–१६ का २१ बर्षीया अनिता नेपाली, ३६ बर्षीया बिष्णु नेपाली र रुपन्देही बुटवल उपमहानगरपालिका–५ का २२ बर्षीया बर्षात सुबेदी गम्भीर घाइते भएका प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

त्यस्तै अन्य घाइतेहरुमा रुपन्देही १३ का ३० वर्यीष जमुना लामा, भरतपुर(१६ का समर्थ नेपाली र होम बहादुर रुचाल र भरतपुर(१९ का अनुप नेपाली रहेका छन् ।

घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij