तिलोत्तमा, रुपन्देही प्रहरीले अन्दाजी एघार लाख बराबरको अबैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट चेक जाँचका क्रममा अन्दाजी एघार लाख एक्काइस हजार एक सय पचहत्तर रुपैयाँ बराबरको सामान बरामद गरेको हो , बरामद गरिएका सामानहरुमा चप्पल एक सय पाँचा पिस, जेन्स कुर्ता १३ पिस, लेडीजकुर्ता १०० पिस , चिनी ५ बोरा, लगाएत किराना सामानहरु रहेको रुपन्देही प्रहरी प्रबत्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभयो । त्यसै गरि लु १ ज २८७४ नं को कार एक वटा कार , लु ६९ प ३०३४ , लु ४१ प ८८९९ र लु ५ प ६१२ नं को तीनवटा मोटरसाइकल बरामद गरेको छ ।
बरामद गरिएका साामनहरु आबश्यक कारबाहिका लागि भैरहवा भन्सार कार्यालय पठाइएको कार्कीले बताउनुभयो ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्