तिलोत्तमा , रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं तीनमा भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं तीनको आयोजना तथा आर्थिक सहयोग एवं जानकीनगर आमा समूहको सहकार्यमा सो तालिम सम्पन्न भएको हो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नं ३ का वडाध्यक्ष कल्याण प्रसाद पौडेलले तालिमबाट सिकेको सिपलाई व्यावहारमा उतारी व्यावसायीकतामा परिणत गर्न तालिममा सहभागिहरुलाई आग्रह गर्नु भयो ।

सो अबसरमा जानकीनगर आमा समूहका अध्यक्ष मन्जु गौतमले समूहले यस अघि नै एक हप्ते तालिम दिएको तर त्यो तालिमको प्रभावकारीता कम भएको महशुस गरी वडामा कार्यक्रम माग भएको जानकारी दिनुभयो ।

समूहमा १० जनालाई व्यावसायीक जुत्ता चप्पल बनाउने तालिमका लागि आबश्यक पर्ने कच्चा पर्दाथका लागि नगरपालिकामा पहल गरेर यो तालिमलाई पूर्णता दिने पनि अध्यक्षले सो अबसरमा बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं तिनका वडा सचिव गोकुल गिरीले जानकीनगर आमा समूहको सक्रियताका आधारमा वडामा यो कार्यक्रम ल्याउन सफल भएको भन्दै आगामी दिनमा तालिमको सदुपयोग गर्न सुझाव दिनुभयो ।

तालिमबाट आगामी दिनमा व्यावसाय संचालन गर्न सकिने तालिमका प्रशिक्षार्थि तुल्सा अर्यालले बताउनु भयो ।
जानकीनगर आमा समूहका उपाध्यक्ष गिता रानाको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव कल्पना शर्माले गर्नु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्