उद्यमशीलता ट्रेनिङ सेन्टरको आयोजनामा ब्यूटि पार्लर तालिम केन्द्र सुभारम्भ

उद्यमशीलता ट्रेनिङ सेन्टरको आयोजनामा ब्यूटि पार्लर तालिम केन्द्र सुभारम्भ

 

बुटवल -बुटवल उपमहानगरपालिका–११ मा रहेको उद्यमशीलता ट्रेनिङ सेन्टरको आयोजनामा बुटवल–८ मा व्युटी पार्लर तालिम केन्द्रको सुभारम्भ गरेको छ। महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले आज एक समारोहका बिच बुटवल ८ , सुख्खानगर (धर्म पथ )मा संचालनमा ल्याएको आयोजक संस्थाले जनाएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुटवल–८ का वडा अध्यक्ष यज्ञ पंगेनीले आफ्ना वडाका महिलाहरूको आर्थिक सशक्तीकरणमा तालिम प्रभावकारी हुने बताए। उनले पछिल्लो समय सीपमूलक तालिमहरूलाई नयाँ शैलीमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउँदै मौलिकता कायम राख्न सुझाव दिए।

त्यसैगरी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक कमल गैरेले उद्यमशीलता ट्रेनिङ सेन्टरले विविध सीप विकास तालिम सञ्चालन गर्दै आएकोमा प्रशंसा गर्दै सहभागीहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गर्न आग्रह गरे।

बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले व्युटी पार्लर व्यवसाय पछिल्लो समय लोकप्रिय पेसाको रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै सीप सिकेर आर्थिक आम्दानीतर्फ उन्मुख हुन सबैलाई प्रेरित गरे।

तालिम प्रशिक्षक रिता ज्ञवालीले सहभागी दिदीबहिनीहरूलाई गुणस्तरीय र व्यवहारिक तालिम प्रदान गरिने जानकारी दिइन् ।

कार्यक्रममा जनप्रतिनिधि सीता खनाल, व्युटिसियन केसरी पाण्डे लगायतले पनि मन्तव्य राखेका थिए।

उक्त कार्यक्रम उद्यमशीलता ट्रेनिङ सेन्टरका अध्यक्ष राजन पाण्डेको अध्यक्षतामा, सदस्य रेशम भट्टराईको स्वागत मन्तव्य तथा सचिव माधव गैरेको सञ्चालनमा सम्पन्न भएको हो।यहाँबाट ब्युटीपार्लरसंग सम्बन्धित सबै तालिमहरु सस्तो शुल्क र सुलभ सुबिधामा उपलब्ध हुने र ब्युटीसियनसंग सम्बन्धित अन्य सबै कार्यहरुपनि उपलब्ध हुने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij