पाल्पाको पुर्वखोलामा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गयो

पाल्पाको पुर्वखोलामा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गयो

पाल्पा , पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । हिजो बेलुका आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र अर्का नाम/थर नखुलेका ४५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।

उहाँका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र अर्का एक जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचारकाक्रममा ज्यान गएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगर–११ का ३० वर्षीय राजु खड्का घाइते हुनुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : मंगलबार, असार ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij