रुपन्देही, सोमबार बिहान चट्याङ लागेर रुपन्देहीको मर्चवारमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नम्बर ३ महाराजगन्ज बस्ने ४५ वर्षीय प्रमीला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
साउदको अनुसार सोमबार बिहान घारबाट करिब १ सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो ।चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवा स्थित भीम अस्पतालमा पुर्याएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको साउदले बताए ।
प्रकाशित मिति : सोमबार, असार ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्