जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन जना बिरामी

जंगली च्याउ खाँदा गुल्मीमा एकै परिवारका तिन जना बिरामी

गुल्मीमा जंगली च्याउ खाँदा एकै परिवारका तिन जना बिरामी परेका छन् ।

जिल्लाकाे मुसिकोट नगरपालिका–४ का ७६ बर्षीय थम्मन बहादुर कुमाल, श्रीमती ६८ बर्षीया फुलमाया कुमाल र बुहारी ३६ बर्षीया गीता कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिए ।

बिहिवार बिहान स्थानीय जंगलबाट ल्याएको च्याउ तिन जनाले खाएपछि रिङगटा लाग्ने र बान्ता हुने भएको थियो । घरमा अरु बालबालिका पनि थिए । तर, पहिलेनै खाना खाएर विद्यालय गएकाले जोगिएको उपचारमासंगै रहेका छोरा कमल कुमालले बताए । उनिहरूकाे लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।

थम्मन दम्पतीको आइसियु र बुहारी गीताको सामान्य कक्षमा राखेर उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij