रसुवा बाढी अपडेट : ७ जनाको शव फेला, अझै १८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : ७ जनाको शव फेला, अझै १८ जना सम्पर्कविहीन

काठमाडौँ : नेपाल प्रहरीले रसुवाकाे लेन्दे नदीमा आएको बाढीबाट ७ जनाको शव फेला परेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार अझै १८ जना सम्पर्कविहीन छन्। तीमध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेका छन्।

 

५५ जनाको उद्धार गरिएको छ गोसाइँकुण्ड गाउँपालिका वडा १,२ र ३,आमाछोदिङ्मो गाउँपालिका वडा १,२,४ र ५,उत्तरगया गाउँपालिका वडा २,४ र ५ र कालिका गाउँपालिका वडा १ प्रभावित भएको छ।

हालसम्ममा नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ। इभी चार्जिङ स्टेशनमा क्षति, ७/८ वटा इभी गाडी बगाएको प्रहरीले जनाएको छ। त्यसैगरी भन्सार कार्यालय रसुवा, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, असार २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij