बुटवल
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०÷४० जनाको कोटा समेत निर्धारण गरेको छ । सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।
तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल वा भैरहवाको भीम अस्पतालसँग सम्झौता गरिने जनाएको छ । तिलोत्तमा नगर पालिकाका नगर प्रमुख रामकृष्ण खाणले नगरपालिकाले आर्थिक वर्ष २०८२ ।८३ को नीति तथा कार्यक्रम र वजेटमै प्राविधिक शिक्षालय संचालनका लागि नीति गत रुपमा निर्णय गदै रकम विनियोजन गरेको बताउनु भयो । नगर प्रमुख खांणले सबैको प्रयत्नले प्राविधिक शिक्षालय सञ्चालनको विषयले सार्थकता पाउनु सबैको लागि खुशी र यस क्षेत्रका लागि गौरवको विषय भएको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सिटिइभिटीको निर्णयसँगै तिलोत्तमा नगर क्षेत्रमा प्राविधिक शिक्षाको पहुँच विस्तार हुने विश्वास गर्नुभयो । उहाले पूर्व देखि बर्तमान नगर प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतको पहलकदमीमा यो उपलब्धी भएको सुनाउनु भयो ।
सिटिइभिटीको असार १७ गते बसेको २०९ औं बैठकले तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणको लागि मनसाय पत्र दिइ आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोहीअनुसार सिटिइभिटीले नगरपालिकालाई पत्र पठाउँदै पूर्वाधार निर्माण प्रक्रिया अघि बढाउन अनुमति दिएको हो । प्राविधिक शिक्षालय सञ्चालन गर्न तिलोत्तमा नगरपालिकाले २०७७ सालमैं वडा नं. १४ को खैरियामा भवन निर्माण गरिसकेकोमा त्यसमा फार्मेसी र नर्सिङ कार्यक्रम सञ्चालनका लागि थप पूर्वाधार बनाउनु पर्नेछ । नगरपालिकाको ३ करोड ७७ लाख लगानीमा निर्माण गरेको भवन लामो समय प्रयोगविहीन हुँदा चर्को आलोचना हुँदै आएको थियो । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न ३ तले भवन निर्माण गरेको हो

प्रकाशित मिति : शुक्रबार, असार २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्