भारतको दिल्लीबाट खाडी जान लागेका ४० जना नेपाली महिलाको उद्धार; आज काठमांडौं लगिदै

भारतको दिल्लीबाट खाडी जान लागेका ४० जना नेपाली महिलाको उद्धार; आज काठमांडौं लगिदै

काठमाडौँ : भारतको राजधानी दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका खाडी मुलुकमा जान लागेका उनीहरुलाई फर्काइएको हो।

उनीहरु गैरकानूनी रूपमा त्यहाँ पगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको हो। उनीहरूलाई आज रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौँ ल्याइने राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिइन्।

दूतावासले समन्वय गरेर महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको थियो। त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको हो। अन्य ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जनालाई साउदी अरब पठाउन लागिएको थियो ।

उनीहरुलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पु¥याइएको खुलेको छ । तर, उनीहरु भिजिट भिसा तथा भारतको बाटो प्रयोग गर्ने विकल्प प्रयोग गरी त्यहाँ पुग्ने गरेका छन् ।

 

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij