बाजुराको हिमाली गाउँपालिकामा बाढीले दुई घर पुरिए, चार वटा घरमा क्षति

बाजुराको हिमाली गाउँपालिकामा बाढीले दुई घर पुरिए, चार वटा घरमा क्षति

काठमाण्डौ – बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ ।

बाढीले ४ वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ बजेतिर आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब वहादुर चौधरीले जानकारी दिनुभयो ।

त्यसैगरी स्थानीय धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा, गोताल थापाको घरमा आशिंक रुपमा क्षति पुगेको छ भने सुजालाल थापाको शौचालय बाढीले पुरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

बाढीले झोलुङ्गे पुल र बिच्छ्या मावि, १ नम्बर वडा कार्यालय भवन लगायत अरु १७ वटा सरकारी संरचनामा क्षति पुगेको र अरु १५ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने भएको छैन । बिच्छ्या खोला र कुवाडी खोला आसपास बसोबास गर्ने बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij