डिजिटल सञ्चार माध्यमलाई सिडियो कार्यालय होइन,सम्बन्धित वडामा अभिलेखीकरण गरौँ : शिव लम्साल

डिजिटल सञ्चार माध्यमलाई सिडियो कार्यालय होइन,सम्बन्धित वडामा अभिलेखीकरण गरौँ : शिव लम्साल

बुटवल, नेपाल प्रेस युनियन रुपन्देही शाखाले सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण अभियान शुभारम्भ गरेको छ ।

बिहिबार बुटवलमा एक औपचारिक कार्यक्रमका बिच युनियन केन्द्रले शुभारम्भ गरेको १ सय दिने सदस्यता अभियान अन्तर्गत जिल्लामा अभियान शुभारम्भ भएको हो ।

अभियानको शुभारम्भ गर्दै नविन राना र जगत ठाडा मगरलाइ नयाँ सदस्यता प्रदान गरिएको छ ।

सो कार्यक्रमको शुभारम्भ गर्दै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले तीनै तहका सरकारले प्रेस स्वतन्त्रलाई कुन्ठित गर्ने कार्य गरेको बताउँदै त्यस्ता कार्यको प्रेस युनियनले विरोध गर्ने बताउनुभयो ।

उहाँले कोही कसैले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कार्य गरे त्यसको विरोध गर्ने बताउनुभयो ।

डिजिटल सञ्चार माध्यमलाई सहज बनाउनका लागि वडा तहबाट नै अभिलेखीकरण गर्नुपर्ने बताउँदै डिजिटल सञ्चार माध्यमको दर्ता प्रक्रिया नहुने तर त्यसलाई व्यवस्थित गर्न वडा तहमा नै अभिलेखीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

 

उहाँले सिडियो कार्यालयमा अनलाइन मिडिया दर्ता गर्ने भए पत्रिका जस्तै एकपटकका लागि अभिलेखीकरण गरिने तर पटकपटक नविकरण गर्ने गरि मान्य नहुने बताउनुभयो । फरक प्रसंगामा लम्सालले अहिले देश बिचौलियाको हातमा गएको भन्दै उनीहरूका विरुद्ध कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो । उहाँले अहिलेको सरकारबाट कांग्रेस फिर्ता हुनुपर्ने जिकिर गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले प्रेस जगत समाजको ऐना भएको भन्दै सत्य तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रको रक्षाका निम्ति प्रेसको भूमिका स्रहानिय रहेको उल्लेख गर्नुभयो ।

 

बुटवल नगर सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाज नकारात्मकता तर्फ धकेलिएको भन्दै समाजलाइ सकारात्मक बाटोमा हिडाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा युनियनका पूर्व अध्यक्ष रामराज पोखरेल,सल्लाहकार तथा युनियनका केन्द्रिय सदस्य रेखा भुसाल,नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ,महासंघका पूर्व केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदी लगायतले बोलेका थिए । प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालले सय दिने सदस्यता अभियानलाई प्रभावकारी र व्यवस्थित बनाएर अघि बढ्ने बताउनुभयो ।

जिल्लामा पनि नयाँ सदस्य संख्या वृद्धि र पुराना सदस्यलाई सक्रिय र व्यवस्थित बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले बताउनुभयो । कार्यक्रम उपाध्यक्ष दिपक घिमिरेको स्वागत,अर्की उपाध्यक्ष कल्पना तिवारीको धन्यवाद ज्ञापन र सचिव कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।

 

यो अभियान नेपाल प्रेस युनियन केन्द्रिय कार्य समितिको निर्देशन अनुसार साउन १५ गतेदेखि कार्तिक २१ गतेसम्म चल्ने उहाँले बताउनुभयो ।

सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गर्न र सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाणसहित आवेदन दिएका आधारमा मात्र नयाँ सदस्यताको सिफारिस गर्न निर्देशन गरिएको युनियनले जनाएको छ ।

 

शाखाले प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पठाएका सदस्यता आवेदन तथा नवीकरण फारमसहितका आवश्यक कागजात तथा शुल्क बुझाएको आधारमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता स्वीकृत हुने छन् ।

सदस्यता अभियान सञ्चालन गर्न केन्द्रीय समितिले ७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखालाई सर्कुलर गरेको युनियनले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij