काठमाडौँ-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
प्राधिकरणका उपसचिव एवम् प्रवक्ता शान्ति महतले जल तथा मौसम विज्ञान विभागले बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कात्तिक १३ गते बिहीबार दिउँसोदेखि कात्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने आङ्कलन गरिएको भन्नुहुँदै सो अनुरोध गरिएको जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी, मधेस र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको तथा उक्त प्रणालीको प्रभावबाट मधेस र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको देखाएको छ ।
प्राधिकरणले डुबान हुनसक्ने बस्तीका बासिन्दाले अग्लो र सुरक्षित स्थानबारे जानकारी लिने, अरुलाई पनि जानकारी दिने र आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
यसका साथै, प्रभावित हुनसक्ने नदी किनारका बासिन्दा सतर्क रहन, धान तथा अन्य बाली नकाट्न, काटेको भए तत्काल भित्र्याउन, तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयार अवस्थामा रहन समेत आग्रह गरेको छ ।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्