शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेका शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूका सङ्घ–सङ्गठनलाई मान्यता नदिने भएको छ ।

मन्त्री महावीर पुनले आज विज्ञप्ति निकालेर राजनीतिक दलका भ्रातृ सङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक र कर्मचारीका सङ्घ–सङ्गठनलाई मन्त्रालयले मान्यता नदिने जानकारी गराउनुभएको हो । उहाँले शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने चेतावनीसमेत दिनुभएको छ ।

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नरहेको मन्त्री पुनको दाबी छ । शिक्षक तथा कर्मचारीको पेसागत हकहितका साथै संविधानप्रदत्त हक–अधिकार अभ्यासको सधैँ सम्मान गर्ने भन्दै मन्त्री पुनले सङ्घ–सङ्गठनलाई गैरराजनीतिक, स्वतन्त्र र व्यावसायिक प्रकृतिको बनाउन आह्वान गर्नुभएको छ ।

मन्त्री पुनले विद्यालय वा विश्वविद्यालय शान्ति क्षेत्रको मर्म विपरीतका क्रियाकलाप गरेको पाइएमा कानून अनुसार कारबाही गर्न मन्त्रालयले कुनै कसर बाँकी नराख्ने पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

 

अन्तिम अपडेट: कात्तिक २३, २०८२

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij