रुपन्देहीमा पनि गठन भयो हर्क साम्पाङको श्रमसँस्कृति पार्टी

रुपन्देहीमा पनि गठन भयो हर्क साम्पाङको श्रमसँस्कृति पार्टी

बुटवल – श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु दमाइ, सह सचिवमा अमृता पल्ली मगर चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्य थापा, विरु वि.क., हिमाल पुलामी मगर, मान बहादुर बुचा मगर, तिलकराम गैरे, रेशम बगाले, खेम बहादुर थापा, लुकमाया गुरुङ र लेककुमारी आले मगर चयन भएका छन् । त्यस्तै बरिष्ठ सल्लाहकारमा भिम गौतम चयन भएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आईतबार मात्र बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । बुटवलको रंगशालामा सरसफाई कार्यक्रमको आयोजना गरेर पार्टीले जिल्ला र प्रदेश पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक तुलबहादुर दर्लामी मगरले संगठन अब विस्तार गर्दै १२ वटै जिल्लामा कमिटि गठन गर्ने बताए । पार्टीका केन्द्रीय सदस्य भिम गौतमले पार्टीको संगठन विस्तार संगै हरेक हप्ता श्रम गर्ने पार्टीको योजना रहेको बताए ।

प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij