काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र रोहित पौडेलको कप्तानी रहेको लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् ।
विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनीसँगको आजको खेलमा विराटनगरमा आवद्ध दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिसले खेल्न सक्ने सम्भावना छ ।
एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका पाँचमध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीका लागि आजको खेलमा पनि जीत महत्त्वपूर्ण छ ।
आठ टोली सहभागी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा कर्णाली एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ । हिजो भएको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हरायसँगै कर्णाली प्लेअफबाट बाहिरिएको हो ।
हिजो नै भएको अर्को खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरी प्लेअफमा पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ । यही मङ्सिर १ गतेदेखि शुरू भएको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ
प्रकाशित मिति : बुधबार, मंसिर १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्