समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरुलाई निवेदन दिन आयोगको आह्वान

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरुलाई निवेदन दिन आयोगको आह्वान

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

आयोगले आज सूचना निकाल्दै यो प्रणालीतर्फको कार्यक्रम भोलिदेखि शुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पर्सि बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश आग्रह गरेको हो ।

आयोगले गएको आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथमा रहेको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ । आयोगले मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेश गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्नेछ ।

यसरी आवेदन दिएका राजनीतिक दलले आउँदो पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा तोकिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रतिनिधिसभा चुनाव आउन अव ९० दिन बाँकी छ ।

आउँदो माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र त्यही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आयोगले आउँदो माघ ११ गतेका लागि राष्ट्रियसभाको निर्वाचनको तयारी पनि गरिरहेको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij