एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घरदैलोमा

एमालेको महाधिवेशन उद्घाटनमा निम्तो दिन नेताहरू घरदैलोमा

काठमाण्डौ – नेकपा एमालेले पर्सि शनिबारदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा जनभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिन शुरू गरेको छ ।

एमाले उपमहासचिव एवम् महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले हिजो काठमाण्डौकोे कागेश्वरी मनोहरा नगरपालिकाको वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट अभियानको थालनी गर्नुभयो ।

 

यस्तै नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५(९) बमोजिम ‘क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’ को संयोजकमा यादवलाई हिजो मनोनयन गर्नुभएको हो ।

 

समितिको सदस्यमा शिवप्रसाद हुमागाइँ, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij