बुटवल । निर्वाचन आयोले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न मुख्य ५ राजनीतिक दललाई फरक-फरक समय विभाजन गरेको छ।
उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न भन्दै आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई समय निर्धारण गरेको हो। रुपन्देहीसहित भोेलि देशभर उम्मेदवारी दर्ता हुँदै छ।
आयोगका अनुसार सबै भन्दा पहिले रास्वपालाई समय दिइएको छ भने सबैभन्दा पछि कांग्रेसलाई समय तोकिएको छ । रास्वपाका उम्मेदवारले १ बजे उम्मेदवारी दर्ता गर्नुपर्ने छ भने २ बजे राप्रपाका लागि छुट्याइएको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवारका लागि साढे २ बजे समय तोकिएको छ भने नेपाली कांग्रेसका उम्मेदवारलाई ३ बजेको समय दिइएको छ।
त्यस्तै सबैभन्दा अन्तिममा नेपाली कांग्रेसका उम्मेदवारका लागि ४ बजेका समय तोकिएको छ।
प्रकाशित मिति : सोमबार, माघ ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्