बुटवल–११ नहरपुरस्थित इडन इङ्लिस बोर्डिङ स्कुलमा सरस्वती पूजाको अवसर पारेर मन्टेस्वरी तहमा नयाँ विद्यार्थी भर्ना गरिएको छ। सरस्वती पूजाको शुभ अवसरमा विद्यालयले विशेष कार्यक्रम आयोजना गरी साना बालबालिकाका लागि अक्षरारम्भ तथा भर्ना कार्यक्रम सम्पन्न गरेको हो।
विद्यालयका प्रधानाध्यापक शिवहरी भट्टराईका अनुसार मन्टेस्वरी विधिबाट पढाइ हुने इडन इङ्लिस बोर्डिङ स्कुल तिनाउ पारीको एकमात्र विद्यालय हो। उहाँका अनुसार खेल्दै, बुझ्दै र व्यवहारिक सिकाइमा आधारित मन्टेस्वरी शिक्षण पद्धतिबाट बालबालिकाको सर्वांगीण विकासमा जोड दिइँदै आएको छ।
सरस्वती पूजा तथा मन्टेस्वरी भर्ना कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रकाशित मिति : आइतबार, माघ ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्