रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता

रुपन्देही-२ मा रास्वपाका सुलभ खरेलको सुरुआती अग्रता

प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणना

बुटवल , प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार सुलभ खरेलले सुरुआतदेखि नै अग्रता कायम गरेका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार खरेलले पूर्वअर्थमन्त्री तथा नेकपा एमाले का उम्मेदवार विष्णु पौडेललाई दुई हजारभन्दा बढी मतले पछि पारेका छन् । हालसम्मको गणनामा खरेलले ४ हजार ७४ मत प्राप्त गरेका छन् भने पौडेलले ८४५ मत पाएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

बुटवल उपमहानगरपालिका(१ बाट गणना गरिएको १ हजार ८६५ मतमध्ये खरेलले १ हजार २९३ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा विष्णु पौडेलले २४५ र कांग्रेसका चुन्नप्रसादले १९९ मत पाएका छन् । नेकपाका उम्मेदवार विश्वदीप पाण्डेले ८ मत प्राप्त गरेका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिका(१ को मतगणनामा पनि खरेलले २ हजार ७८१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । सो क्षेत्रमा विष्णु पौडेलले ६०९ मत प्राप्त गरेका छन् भने नेकपाका विश्वदीप पाण्डेले ३५ मत पाएका छन् ।

निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार रुपन्देही(२ मा कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij