समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा , कुन दलले कति सिट पाउँछन्?

समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा , कुन दलले कति सिट पाउँछन्?

 

काठमाडाैं । समानुपातिक निर्वाचन तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगकाे पछिल्लाे अद्यवधिक विवरण अनुसार बुधबार बिहान पौने ७ बजेसम्म १ करोड ७ लाख ३० हजार ५५१ मत गणना गरिएकाे छ

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ। यो भनेको ४७ प्रतिशतकाे हाराहारी मत हाे। रास्वपाले ५८ सिट पाउने देखिन्छ ।

त्यस्तै नेपाली कांग्रेसले१७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ। उसले पाएको मत गणना भएको कुल मतको १६ प्रतिशत हाराहारी मत हो। नेपाली काँग्रेसले १९ सिट पाउने देखिन्छ ।

नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत पाएको छ। उसले पाएको मत १३ प्रतिशतकाे हाराहारी हो। एमालेले १६ सिट पाउने देखिन्छ ।

त्यस्तै नपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ३ हजार ६२७ मत पाएको छ। नेकपाले ७ प्रतिशतकाे हाराहारीमा मत पाएको छ।नेकपाले ९ सिट पाउने देखिन्छ

श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ। याे मत कुल गणना भएको मतको ३ प्रतिशत हाराहारी हो। यी दुबै दलले ४–४ सिट पाउने देखिन्छ ।

जनता समाजवादी पार्टी नेपालले १ लाख ७४ हजार ३०६ मत पाएको छ। यो मत कुल गणना भएको मतको १ प्रतिशत हाराहारी हो।

प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत पाउने दलहरूले राष्ट्रिय मान्यता पाउँछ। यस हिसाबमा जसपा नेपाल राष्ट्रिय दल बन्ने सम्भावना न्यून देखिन्छ।

फागुन २१ गते भएको निर्वाचनमा १ करोड ९ लाख ७७ हजार मत खसेको थियो। अब २ लाख ७० हजार बढी मत मात्रै गणना हुन बाँकी छ।

हालसम्मको गणनाका आधारमामत विभाजक सूत्रबाट हिसाब गर्दा रास्वपाले समानुपातिकबाट ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्नेछन्।

 

प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij